प्रहरीद्वारा अवैध सामान बरामद

2022-12-27

Demo BITS

भैरहवा, २५ पुस (रासस) : रुपन्देही प्रहरीले ठूलो मात्रामा जुत्तासहित ६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइले आआफ्नो वडा एरियाबाट एक हप्ता अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका सामान बरामद गरी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डिएसपी पौडेलले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट बसपार्क भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–३ स्थित बसपार्कबाट रु दुई लाख ५० हजार बराबरको ११७ जोर जुत्ता फेला पारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–७ गरगट्टीबाट लु ३ प ६६५८, लु ३८ प ९१८७ र लु ४ प १७७१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको चिनी र तीन वटा मोटरसाइकलसहित रु दुई लाख ४० हजारको सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले बुधबार ओमसतिया गाउँपालिका–५ स्थित पट्खौलीबाट चिनी २५० केजी र रोहिणी गाउँपालिका–२ स्थित भगवानपुरबाट २८ थान प्लाष्टिकको कुर्चीसहित ६० हजार बराबरको सामान बरामद गरेको छ । प्रहरी चौकी दुवेथुमुवाबाट खटिएको टोलीले शुक्रबार सम्मरीमाई गाउँपालिका–३ स्थित वनगावाबाट स्वीटर नौ, ज्याकेट एक पिस, तन्ना तीन थान, सिरानी खोल १२ थान, कोरा सिरक खोल चार थान, फाईवर सिरक खोल पाँच थान, पर्दा सात थान गरी रु ५० हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..