सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर

2022-12-27

Demo BITS

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..