ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी

2022-12-27

Demo BITS

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सुमन लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गर्नुभयो । लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..