ए’ डिभिजन लिग फुटबल

2022-12-27

Demo BITS

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजाे भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..