रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छः पुटिन

2022-12-27

Demo BITS

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भन्नुभयो- "हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं ।" उहाँले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताउनुभयो । राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले "खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको" समेत टिप्पणी गर्नुभएको छ। "हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं," उहाँले भन्नुभयो


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..