भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

2022-12-27

Demo BITS

२८ कात्तिक (रासस) एएनआई: भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ । “भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नु भएको हो । रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Popular News


  • +977-1-4780076, +977-1-4786489
  • news@roshankhabar.com
  • प्रकाशक - धर्मराज भुसाल
  • सम्पादक - अरुण बराल
  • सुचना बिभाग दर्ता नं. २१४ / ०७३–७४

Facebook


Copyright © 2026 All rights reserved by Nepal News

Powered by Bitmap I.T. Solution Pvt. Ltd..